सिन्धुपाल्चोकमा पहिरोः १८ घर पुरिए, १२ जना बेपता - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिन्धुपाल्चोकमा पहिरोः १८ घर पुरिए, १२ जना बेपता


काठमाडौं । सिन्धुपाल्चोकमा बाढी पहिरोको कारण १८ घर परिनु साथै १२ जना बेपता भएका छन् ।

गएराति परेको पानीका कारण सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका नागपुजे, भिरखर्क र चाङसार भन्ने स्थानमा पहिरो जादा घरहरु पुरिएका छन् ।

क्षतिको एकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । उना अनुसार ‘घुम्थाङको नागपुजेमा बढी क्षति पुगेकोे छ । अहिले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उदारको लागि पठाइएको छ ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताए ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

सम्बन्धित खवर