सलाहाको ह्याट्रिकमा लिभरपुलको संर्घषपुर्ण जीत - Mangsebung News
  • बिहिबार, असोज ०८, २०७७
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सलाहाको ह्याट्रिकमा लिभरपुलको संर्घषपुर्ण जीत


काठमाडौं । साविक विजेता लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा मोहम्मद सालाहको ह्याट्रिमा जित हासिल गरेको छ ।

लिभरपुलको घरेलु मैदान एनफिलडमा शनिवार राति भएको खेलमा लिभरपुलले नवप्रवेशी लिड्स युनाइटेडसंग ४–३ को गोल अन्तरले संर्घष पुर्ण जति निकालेको हो ।

चौथो मिनेटमै सालाहले पेनाल्टी मार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

खेलको १२ मिनेटमा ज्याक ह्यारिसले लिड्सका लागि बराबरी गोल फर्काए । २०औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई फेरि अग्रता दिलाए । ३० मिनेटपछि प्याट्रिक बामफोर्डले फेरि लिड्सका लागि बराबरी गोल फर्काए । तर ३३औं मिनेटमा सालहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलाई ३–२ को अग्रता दिलाए ।

खेल अत्यन्तै रोमान्चक र प्रतिस्पर्धात्मक भएको थियो । खेलको ३३औ मिनेटपछि नै माटेउस क्लिसचले लिड्सका लागि बराबरी गोल फर्काउँदा खेल ३–३ को बराबरीमा पुगेको थियो ।

खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला ८८औं मिनेटमा लिभरपुलले अर्को पेनाल्टी पायो । लिड्सका रोड्रिगोले फाबिन्होलाई फाउल गरेपछि लिभरपुलले पेनाल्टी पायो जसमा सालाहले सहजै गोल गरे ।

उक्त सलाहाले गरेको गोल नै जतिको लागि निर्णायक बन्यो ।
सन् २००४ पछि पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको लिड्सले लिभरपुललाई सुरुदेखि नै दरो ड्यासिङ दिएको थियो ।

क्रिस्टल प्यालेसको विजयी सुरु
शनिवारै भएको खेलमा क्रिस्टल प्यालेसले साउथ ह्याम्पटनलाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । खेलको १३औं मिनेटमा विलफ्रड जाहाले गरेको गोल नै प्यालेसको जितकाmे लागि काफि भयो ।

यस्तै शनिबार रात भएको खेलमा न्यूकासल युनाइटेडले वेष्टहम युनाइटेडलाई २–० ले पराजित गरेको छ । न्यूकासलका लागि कलुम विल्सन र जेफ हेन्ड्रिकले समान एक–एक गोल गरे ।

सम्बन्धित खवर