ओडिआई सिरिजमा इंग्ल्याण्डको दोस्रो जीत - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ओडिआई सिरिजमा इंग्ल्याण्डको दोस्रो जीत


काठमाडौं । घरेलु टोली इंग्ल्याण्डले ओडिआई सिरिजमा दोस्रो निकालेको छ ।

इंग्ल्याण्डले अष्ट्रेलियालाई नाटकीय ढंगले २४ रनको जित हात पारेको हो ।

खेल जिते संगै घरेलु टोलीले सिरिजमा १–१ को बराबरी गरेको छ । पहिलो ओडिआई अष्ट्रेलियाले १९ रनले जितेको थियो । इंग्ल्याण्डले दोस्रो खेल जितेपछि अब तेस्रो तथा अन्तिम खेल निर्णायक बन्नेछ ।

इंग्ल्याण्डले दिएको २३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४८.४ ओभरमा सबै विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो । कप्तान आरोन फिन्चले अर्थशतक प्रहार गरेपनि टिमलाई जिताउन सकेनन् । फिन्चले सर्वाधिक ७३ रन बनाए । यस्तै मार्नुस लाबुसेचनले ४८, एलेक्स क्यारीले ३६ र प्याट कमिङ्सले ११ रन बनाउनुबाहेक बाँकीले दोहोरो अकंमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियालाई अलआउट गर्दै इंग्ल्याण्डलाई जित दिलाउन क्रिस वोक्स जोफ्रा आर्चर र साम कुरानले ३(३ विकेट लिए ।

त्यसअघि म्यानचेष्टरस्थित ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो । इंग्ल्याण्डका कप्तान इओन मवर्गनले सर्वाधिक ४२, टम कुरानले ३७ र जो रुटले ३६ रन बनाए ।

१४९ रन बनाउदा ८ विकेट गुमाएपछि एदिल रसिद र टम कुरानले नवौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए । टमले ३७ र योगदान गर्दा एदिल रसिदले अविजित ३५ रन जोडे । उनले २६ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

अष्ट्रेलियाक लागि एडम जाम्पाले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए ।

अष्ट्रेलियाक लागि एडम जाम्पाले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए ।

सम्बन्धित खवर