बामदेवलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारको सिफारिस - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बामदेवलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारको सिफारिस


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्न सरकारले सिफारिस गरेको छ ।

गौतमलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभामा रिक्त रहेको सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

राष्ट्रिय सभामा मन्त्रिपरिषदबाट सिफारिस एक जना सांसद फागुन २० गतेदेखि खाली छ । डा.युवराज खतिवडाको समय सकिएपछि उक्त पद रिक्त रहेको थियो ।

सम्बन्धित खवर