मंगलबार थप १ हजार ४ सय ५९ जनामा कोरोना पुष्टि, संक्रमित ५६,७८८ पुग्यो - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मंगलबार थप १ हजार ४ सय ५९ जनामा कोरोना पुष्टि, संक्रमित ५६,७८८ पुग्यो

काठमाडौं । नेपालमा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप १ हजार ४ सय ५९ जनासहित देशभर संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ४० हजार ६ सय ३८ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ११ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ३ सय ७१ जना पुगेकोे छ ।

सम्बन्धित खवर