बिक्रम वनेमको निर्देशनमा ‘हुदैं छ रे तिम्रो बिहे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिक्रम वनेमको निर्देशनमा ‘हुदैं छ रे तिम्रो बिहे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गीतकार तथा संगीतकार रिजन बोहोराको शव्द तथा संगीतमा सजिएको मर्मस्पर्शि गीत ‘हुदैं छ रे तिम्रो बिहे’ भिडियो सार्वजनिक गरिएको छ ।

रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा त्रिकोनात्मक प्रेमकथामा निर्माण भएको भिडियो बुढासुव्वा डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक असोक गजमेरको आवजमा सजिएको गीतको भिडियोमा किरण धिताल, जेसिका शर्मा र बिग्नेस एम.एनले अभिनय गरेका छन् ।

रिफ डिजिटल रेकर्डिङ स्टुडियो दमक झापाको प्रस्तुति रहेको भिडियोको छायाँकन, सम्पादन, कलर तथा ड्रोन सुजन श्रेष्ठको रहेको छ ।

टंक लिम्बुको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ रहेको गीतको भिडियो गजमेर फर्निचर उध्योग उर्लाबारीको प्रडक्सनमा निर्माण गरिएको हो ।

भापाको दमक आसपासमा छायाँकन गरिएको भिडियोमा बैवाहिक बन्धनमा बाँधिन लागेको प्रेमिकाको यादमा तडपीएका प्रेमीको पिडालाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नुहोस्

सम्बन्धित खवर