थप १ हजार ५३९ कोरोना संक्रमित, कुल संक्रमित ५८,३२७ पुग्यो - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप १ हजार ५३९ कोरोना संक्रमित, कुल संक्रमित ५८,३२७ पुग्यो


काठमाडौं । सोमबार कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५ सय ३९ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४ सय ९४ जनामा गरिएको परिक्षमा आइतबार १ हजार ५ सय ३९ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै ४१ हजार ५ ७ सय ६ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या ३ सय ७९ पुगेको छ ।

सम्बन्धित खवर