सुनिता थेगिमको आवाजमा ‘कावेली खोला’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिता थेगिमको आवाजमा ‘कावेली खोला’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय एकपछि अर्को चर्चित गीत गाएर चर्चा बटुली रहेका लोकप्रिय गायिका सुनिता थेगिमको सुमधुर आवजमा सजिएको मर्मस्पर्शी लोक भाकाको गीत ‘कावेली खोला’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार लक्ष्मी काम्बाङको शव्दभावहरुमा संगीतकार कृष्ण कुमार राईको संगीतमा सजिएको मनछुने गीत ‘कावेली खोला’ स्टुडियो लिप्सिङ भिडियो बुधबार गायिका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई किङग स्टुडियोमा सुरेस राईले रेकर्डिङ गरेका हुन् ।

कावेली खोला, ऐतिहासिक दरबार हिल्लीहाङ दरबार लगायत अन्य रमणिय तथा ऐतिहासिक स्थलहरुको बयाण गरिएको गीतको लिप्सिङ भिडियोलाई इसाक जबेगुले छायाँकन गरेका हुन् भने सम्पादन तथा कलर मनोज राईले गरेका छन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर