बिहिबार थप १ हजार २ सय ४३ जनामा कोरोना पुष्टि, संक्रमित ५९,५७३ पुग्यो - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिहिबार थप १ हजार २ सय ४३ जनामा कोरोना पुष्टि, संक्रमित ५९,५७३ पुग्यो

काठमाडौं । नेपालमा थप १ हजार २ सय ४३ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप १ हजार २ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप १ हजार २ सय ४३ जनासहित देशभर संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ४२ हजार ९ सय ४९ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ३ सय ८३ जना पुगेकोे छ ।

सम्बन्धित खवर