दमकमा ६ जना स्थानीयमा गरी झापामा थपिए १० जना कोरोना संक्रमित - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा ६ जना स्थानीयमा गरी झापामा थपिए १० जना कोरोना संक्रमित

दमक । झापाको दमकमा आज थप ६ जना स्थानीयमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै दमकमा कोरोना सक्रमितको संख्या १ सय ४३ पुगेको छ ।

बिहिबार ६० जनाको पीसीआर परीक्षणको रिपोर्टमा दमक ५, ८ र ९ वडाका ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

दमक नगरपालिका स्वास्थ्य शाखाका अनुसार संक्रमित हुनेमा समुदायस्तरका १ पुरुष र ५ महिला रहेका छन् ।

यसैगरी मेचीनगर नगरपालिका वडा न ६ र ७ का ४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट आएको चम्लागाईले बताए ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार झापामा बिहिबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै झापामा कोरोना संक्रमितको कुल संख्या ७८० पुगेको छ ।

सम्बन्धित खवर