राष्ट्रिय जनगणना २०७८ : किरात धर्म लेखौं राष्ट्रिय महाअभियान घोषणा सभा सम्पन्न - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय जनगणना २०७८ : किरात धर्म लेखौं राष्ट्रिय महाअभियान घोषणा सभा सम्पन्न

माङसेबुङ । राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौं महा अभियानको घोषणा सभा सम्पन्न गरिएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ज्यू तथा ममतामयी किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको माङ सवारीमा आयोजित सभामा महा समितिको केन्द्रीय कार्यालय समेत उद्घाटन गरिएको छ ।

अभियान घोषणा सभामा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले अमृतमय माङ आशीर्वचन समेत प्रदान गर्नु भएको थियो । माङ आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले धर्मको महलमा सबै मानव जातिहरुलाई किरात धर्म लेख्न आव्हान गर्नु भएको छ ।

आदिम युगदेखि किरात धर्मको सुरु भएको अङसीमाङज्यूले भन्नु भयो । पछिल्लो समयमा किरात धर्म दर्शन संसारभर फैलिएको वहाँले बताउनु भएको छ । अङसीमाङज्यूले महा अभियानमा सबै एक भएर लाग्न समेत निर्देशन दिनुभएको थियो ।

शुक्रबार इलामको माङसेबुङमा सामाजिक भौतिक दूरी कायम गर्दै, आयोजित सभामा किरात धार्मिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु सहित किरात धर्मावलम्बीहरुको उपस्थित रहेका थिए ।

धर्मको महलमा किरात धर्म लेख्न, लेखाउन राष्ट्रिय व्यापी अभियान सञ्चालन गर्न गठित किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समितिले सो सभा आयोजना गरेको बताइएको छ ।

किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न घोषणा सभामा स्वागत तथा औचित्य मन्तव्य महा समितिका उप महासचिव आङबुहाङ अबोध अविरलले राखेका थिए भने सञ्चालन महा अभियानका सचिव काकीराम लाओतीले गरेका थिए ।

सम्बन्धित खवर