नेपालमा अहिले सम्मकै धेरै २ हजार २० जनामा कोरोना पुष्टि, संक्रमित ६१,५९३ पुग्यो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा अहिले सम्मकै धेरै २ हजार २० जनामा कोरोना पुष्टि, संक्रमित ६१,५९३ पुग्यो

काठमाडौं । नेपालमा अहिले सम्मकै धेरै २ हजार २० जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि अहिले सम्मकै धेरै २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका अहिले सम्मकै धेरै २ हजार २० जनासहित देशभर संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ४३ हजार ८ सय २० जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ७ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ३ सय ९० जना पुगेकोे छ ।

सम्बन्धित खवर