नेपालमा थप ७ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ७ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरि थप ७ जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ७ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थपिएका २ हजार २० जनासहित देशभर संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ४३ हजार ८ सय २० जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर