सरकारद्धारा ५९४ जनालाई संविधान दिवसको अवसरमा विभूषण, मानपदवी - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारद्धारा ५९४ जनालाई संविधान दिवसको अवसरमा विभूषण, मानपदवी

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।

सरकारले यस वर्ष ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गर्ने सार्वजनिक गरेको छ । विभूषण, अलंकार र पदक संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ ।

सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिँदै छ । यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन । कोभिड–१९ महामारीका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महानुभावलाई समेत समेट्नुपर्ने भएकाले ५९४ जनाको नामावली विभूषण, अलंकार र पदक पाउनेहरुको सूचीमा छ ।

जसमा यस वर्षको संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र दुई जना सन्चारकर्मीसमेत छन् ।

सम्बन्धित खवर