देशभरीबाट थप १ हजार २६२ कोरोना संक्रमित, कुल संक्रमित ६२,७९७ पुग्यो - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभरीबाट थप १ हजार २६२ कोरोना संक्रमित, कुल संक्रमित ६२,७९७ पुग्यो


काठमाडौं । आइतबार कोरोना भाइरस संक्रमितको संख्या १ हजार २ सय ६२ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ३ सय ३३ जनामा गरिएको परिक्षमा आइतबार १ हजार २ सय ६२ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै ४५ हजार २ सय ६७ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या ४ सय १ पुगेको छ ।

सम्बन्धित खवर