नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो


काठमाडौ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार शनिबार पछिल्लो २४ घण्टामा देशभरबाट थप ११ जनाको मृत्यु भएको छ । संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको हो ।

मृत्यु हुनेमा काठमाडौंका ७७ वर्षीया महिला, ७५ वर्षीय पुरुष, ललितपुरका ७६, ६८ वर्षीय महिला र ६० वर्षीय पुरुष, मकवानपुरका ३७ वर्षीय महिलाको मृत्यु भएको छ ।

त्यस्तै मोरङका ६५ वर्षीय महिला, रौतहटका ५१ वर्षीय महिला र सर्लाहीका ५६ वषिय महिला मृत्यु भएको छ ।

त्यसैगरी रुपन्देहीका ६९ वर्षीय पुरुष र बाँकेका ४५ वर्षिय पुरुष रहेका छन ।

यससंगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४ सय १ पुगेको छ ।

सम्बन्धित खवर