थप १ हजार ४९७ कोरोना संक्रमित, कुल संक्रमित ६९,३०१ पुग्यो - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप १ हजार ४९७ कोरोना संक्रमित, कुल संक्रमित ६९,३०१ पुग्यो

काठमाडौं । बिहीबार कोरोना भाइरस संक्रमितको संख्या १ हजार ४ सय ९७ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४ सय ४९ जनामा गरिएको परिक्षमा बिहीबार १ हजार ४ सय ९७ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ५७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै ५० हजार ४ सय ११ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या ४ सय ५३ पुगेको छ ।

सम्बन्धित खवर