झापामा १ सहित थप १७ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या ४ सय ५३ पुग्यो - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा १ सहित थप १७ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या ४ सय ५३ पुग्यो

काठमाडौ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार बिहीबार पछिल्लो २४ घण्टामा देशभरबाट थप १७ जनाको मृत्यु भएको छ । संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको हो ।

मृत्यु हुनेमा झापाका १ जना ७८ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी मोरङकी ५५ वर्षीया महिला, सुनसरीकी ८१ वर्षीया महिला, धनुषाका ६८ र ७० वर्षीय पुरुष, रौतहटका ६५ वर्षीय पुरुष, धादिङकी ३२ वर्षीया महिला, तनहुँका ३९ वर्षीय पुरुष, दाङका ३९ वर्षीय पुरुष, कपिलवस्तुका ५० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको मृत्यु भउको छ ।

त्यस्तै भक्तपुरका ८४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, काठमाडौँकी ८२ वर्षीया महिला तथा ७५, ८० र ७९ वर्षीय पुरुष कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससंगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४ सय ५३ पुगेको छ ।

सम्बन्धित खवर