विश्वमा कोरोना संक्रमबाट मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार ४ सय ७१ पुग्यो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वमा कोरोना संक्रमबाट मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार ४ सय ७१ पुग्यो


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार ४ सय ७१ पुगेको छ ।

त्यस्तै संक्रमितको संख्या पनि बढेर ३ करोड १७ लाख ७७ हजार ९ सय ७८ पुगेको छ । संक्रमितमध्ये २ करोड ३३ लाख ९४ हजार ८ सय ४५ जना निको भएर फर्किएका छन् । ६० हजार ८ सय ९० जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा २ लाख ५ हजार ४ सय ७१ जना, ब्राजिलमा १ लाख ३८ हजार १ सय ५९ जना, भारतमा ९० हजार २१ जना, मेक्सिकोमा ७४ हजार ३ सय ४१, पेरुमा ३१ हजार ५ सय ८५, रसियामा १९ हजार ६ सय ४९ र स्पेनमा ३० हजार ९ सय ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै कोलम्बियामा २४ हजार ५ सय ७० जना, फ्रान्समा ३१ हजार ५ सय १६ जना, अर्जेन्टीनामा १३ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर