ब्रबिम सेर्मा र सिता सिंघकको ‘ज्यानै हाजिर भो’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ब्रबिम सेर्मा र सिता सिंघकको ‘ज्यानै हाजिर भो’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । मुन्धुमी गायक ब्रबिम सेर्मा ‘चेसुङ’ र लोकप्रिय गायिका सिता सिंघकको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ गीत ‘ज्यानै हाजिर भो’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

पान्थरको लब्रेकुटी, चोक्मागु लगायतका ऐतिहासिक स्थलहरुमा छायाँकन गरिएको पूर्वेली लिम्बु सांस्कृतिक लोक भाकामा आधारित गीत ‘ज्यानै हाजिर भो’ अरिजिन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

आख्यानकार राजन मुकारुङको शव्द तथा संगीत रहेको भिडियोमा गायक ब्रविम सेर्मा, सेरेङ इक्सा मादेन, पुष्पा लिम्बु र निसाम तुम्बापोले अभिनय गरेका छन् ।

निर्देशक किरण चाम्लिङको निर्देशन रहेको भिडियोमा भुपेन्द्र तुम्बाहाङफेले छायाँकन गरेका छन् ।

सोम मगरातीको सृङगार, देवराज सिग्देलको सहायक छायाँकन, रेनिस फागोको कलरिङ रहेको भिडियोमा अनिल राना मगरले सम्पादन गरेका छन् ।

पदम राजन मगरको संगीत संयाजेन रहेको सेवा रेकर्डिङमा रेकर्डिङ भएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन् ।

भिडियो हेर्नुहोस :


सम्बन्धित खवर