
काठमाडौं । नेपालमा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ७ जनासहित देशभर संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ५३ हजार १३ जना जना उपचारपछि घर फर्किएका छन् ।
यसैगरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ८ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ४ सय ६७ जना पुगेकोे छ ।