
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरि थप ८ जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।
यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ८ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ६७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थपिएका १ हजार २ सय ७ जनासहित देशभर संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ५३ हजार १३ जना उपचारपछि घर फर्किएका छन् ।