नेपालमा थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरि थप ४ जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ४ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ८१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थपिएका १ हजार ३ सय ५२ जनासहित देशभर संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।

मन्त्रालयका अनुसार सुनसरीमा ३८ वर्षीया महिला र भक्तपुरमा ५१ वर्षीया महिलाको ज्यान गएको छ ।

यसैगरि गुल्मीमा ३४ वर्षीय पुरुष र बाँकेमा ४७ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ५४ हजार २ सय ४० जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर