मंगलबार थप १० जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मंगलबार थप १० जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरि थप १० जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १० जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ९१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप १ हजार ५ सय १३ जनासहित देशभर संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ५५ हजार ३ सय ७१ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर