
- आन्छुमे नसान
माङसेबुङ । लोकप्रिय गायक विर पन्धाक लिम्बु र चर्चित गायिका मेलिना राईको सुमधुर आवजमा सजिएको सुमधुर गीत ‘पर्देशी माया’ भिडियो सार्वजनिक गरिएको छ ।
एम के बराईलीको शव्द तथा संगीतमा सजिएको गीत ‘पर्देशी मायालाई’ मुनाल प्रडक्सन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
सुभराज जबेगु लिम्बुको कथा तथा परिकल्पनामा निर्माण गरिएको भिडियोमा सुभराज जबेगु लिम्बु, प्रेरणा लिम्बु, सुनिल, हेमन्त विष्ट र हरिले अभिनय गरेका छन् ।

धनु दयामी मगरको संगीत संयोजन रहेको गीतको भिडियोलाई अन्जित श्रेष्ठ र रोमन निरौलाले छायाँकन गरेका हुन् ।
मायालुलाई सम्झेर फर्किएको पर्देशीको मायालाई प्रस्तुत गरिएको भिडियोमा निर्मला लिम्बुको मेकअप रहेको छ भने, सम्पादन तथा कलरिङ सुभराज जबेगु लिम्बुले गरेका छन् ।
भिडियो हेर्नुहोस :