सुमनको पाःलाम ‘तुम्याहाङ सासे’ कोे छायाँकन सम्पन्न - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुमनको पाःलाम ‘तुम्याहाङ सासे’ कोे छायाँकन सम्पन्न

  • आन्छुमे नसान

माङसेबुङ । गायक सुमन लिम्बुको आवजमा रहेको ‘तुम्याहाङ सासे’ बोलको पाःलामका म्युजिक भिडियो छायाँकन सम्पन्न् गरिएको ।

विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल सुमन लिम्बूको स्वरमा रेकर्ड भएको पाःलामको म्युजिक भिडियोलाई तमर फिल्मसका प्रोप्राइटर रुद्र पाहिम लिम्बूले उक्त भिडियो निर्माण गरेका हुन् ।

नेम खापुङको शव्दभावहरुमा अशोक लोहरुङ राईको संगीत संयोजन र सुमन लिम्बूले लय संकलन गरेको पाःलाममा सुमनको साथमा गंगा फियाक, सिर्जना जबेगु, भीमसागर लिम्बू, दिवस पयाङ्गु, रोजिना थेगिम लगायतले आवाज भरेका छन् ।

भिडियोमा रुद्र पाहिम र लक्ष्मी योङहाङको साथमा गंगा तुम्बाहाम्फे, रत्ना लावती, सिर्जना जबेगु, थोक्फेला लिङ्देन, प्रकाश तुम्बाहाङफे, दिवस पयाङगु, सुमन लिम्बू, प्रेसा वनेम, अनुरागी राई, दिलिप पाहिम, भीमराज पाहिम, भीमसागर लिम्बू गगा फियाक, मनु थक्लुङ, पुष्पा लिम्बू खेवालगायतले अभिनय गरेका छन् ।

इशाक जबेगुले छायाँकन गरेको भिडियोलाई निर्देशक लोकेन साँबाले निर्देशन गरेका हुन् । अहिले सम्पादनमा रहेको भिडियो यसै हप्ताभित्र तमर फिल्मस युट्यूव च्यानलमार्फत सार्वजनिक गरिने निर्देशक लोकेन साँबाले जानकारी दिएका छन् ।

सम्बन्धित खवर