पुर्व स्वास्थ्य मन्त्री गगन थापा कोरोना संक्रमित - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्व स्वास्थ्य मन्त्री गगन थापा कोरोना संक्रमित

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापालाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठक असोज १९ गतेदेखि बस्ने तय भएपछि गरिएको पिसिआर परीक्षणबाट थापामा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । थापामा कोरोना संक्रमण पुष्टि भए पनि कुनै पनि लक्षण देखिएको छैन ।

यसअघि थापाका ससुरासमेत रहेका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना नेतामा कोरोना पुष्टि भएको थियो । केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी लगायतलाई पनि कोरोना संक्रमण देखिएको थियो ।

सम्बन्धित खवर