आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि, संक्रमित ८६,८२३ पुग्यो - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि, संक्रमित ८६,८२३ पुग्यो

काठमाडौं । नेपालमा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

नेपालले कोरोना संक्रमणमा चीनलाई पछि पारेको छ । चीनमा ८५ हजारको हाराहारीमा संक्रमित छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार २ सय ५३ जनासहित देशभर संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ६४ हजार ६९ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ७ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ५ सय ३५ जना पुगेकोे छ ।

सम्बन्धित खवर