
दमक । जनम थुलुङको स्वर तथा संगीत रहेको ‘तिमीलाई हेरी‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
जनम थुलुङ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा जनम थुलुङ्सँगै अहिलेकी लोकप्रिय गायिका मेलिना राईको समेत स्वर गुन्जिएको छ ।
गीत जेन्नी राईले लेखेकी गीतमा एलिश राई र अनुशा राईको अभिनयले गीतलाई जीवन्त बनाउन खोजिएको छ ।
गीतमा सच्चा प्रेमलाई समाजले हेर्ने दृष्टिकोण तथा सच्चा प्रेमको अघि जतिसुकै कठोर मान्छेको मन पनि पग्लन्छ भन्ने सन्देश दिन खोजिएको छ ।
राजु कार्कीले एरेन्ज गरेको छ गीतको भिडियो छायांकन भने ज्ञानेन्द्र शर्माले गरेका हुन् । सम्पादन विकाश ज्ञवालीको रहेको छ । गीतको परिकल्पना तथा निर्देशन एलिश राईले गरेका छन् ।
(भिडियो हेर्नुहोस्)