राजेश पायल राई र सुनिता थेगिमको ‘कार्तिके शाल्पा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजेश पायल राई र सुनिता थेगिमको ‘कार्तिके शाल्पा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । चर्चित गायक राजेश पायल राई र लोकप्रिय गायिका सुनिता थेगिमको आवाजमा सजिएको रोमान्सले भरिपुर्ण पुर्वेली लोक गीत ‘कार्तिके शाल्पा’ लिप्सिङ भिडियो सार्वजनिक मगरिएको छ ।

गीतकार नवराज कोयु राईको शव्दभावहरुमा संगीतकार अनिल कोयु राईको संगीतमा सजिएको पुर्वेली लोक गीत ‘कार्तिके शाल्पा’ लिप्सिङ भिडियो दर्शन नमस्ते इन्टरटेन्टमेन्ट प्रा.लि. युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

किङग स्टुडियोमा रेकर्डिङ गरिएको राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ रहेको गीतको रेकर्डिङ मनोज साङसोन राई र सुरेश राईले गरेका हुन् ।

माया पिरति गासेर घरजम गर्ने भावहरु समाबेस गरिएको दसै र तिहारको याद दिलाउने शव्दभावहरुमा मनेज राईको छायाँकन तथा निर्देशनमा तयार भएको भिडियोलाई मनेज राईले नै सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस :


सम्बन्धित खवर