चर्चित गायिका रजिना रिमाल दम्पतीलाई कोरोना संक्रमण - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चर्चित गायिका रजिना रिमाल दम्पतीलाई कोरोना संक्रमण


दमक । नेपाली सांगीतिक आकाशका चर्चित गायिका रजिना रिमाललाई कोरोना भाइरसको संक्रमण भएको छ ।

गायिका रिमालले आईतबार मध्य रातमा आफू संगै श्रीमान विनोद श्रेष्ठको पनि कोरोना रिर्पोटमा पोजेटिभ आएको आफ्नो अधिकारिक फेसबुक पेजमार्फत जानकारी दिएकी छिन् ।

उनले पछिल्लो एक हप्ता देखि आफूहरुसँग सम्पर्कमा आएका सवै व्यक्तित्वलाई सुरक्षित रहन र आइसोलेशनमा बस्न आग्रह गरेकी छिन् ।

एक छोराकी आमा समेत बनिसकेकी रजिनाको बर्ष दिनको सानो छोरालाई भने हालसम्म कुनै लक्षण नदेखिएको रजिनाले जानकारी दिएकी छिन् । बाबुलाई माईतीमा छाडेका थियौँ अब उसको पनि भोलि बिहान चेक गछौँ । मध्यरातमा प्रतिक्रिया दिदै रजिनाले भनेकी छिन् ।

रजिनाका अनुसार शनिबार ज्वरो उच्च थियो तर आईतबार भने ज्वरो घटेर रुखा खोकी र खानाको स्वाद चाँहि हराएको अवस्था छ ।

सम्बन्धित खवर