‘हिल्लिङ् हिल्लिङ्’ ब्रबिम र सुनिता संयकको आवाजमा सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘हिल्लिङ् हिल्लिङ्’ ब्रबिम र सुनिता संयकको आवाजमा सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । मुन्धुमी गायकको रुपमा ख्याति कमाएका गायक तथा संगीतकार ब्रबिम सेर्मा ‘चेसुङ’ र उम्दा गायिका सुनिता संयक लिम्बुको सुमधुर आवजमा सजिएको रोमान्टिक लिम्बू गीत ‘हिल्लिङ् हिल्लिङ्’ भिडियो युटयूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार नेम खापुङको रोमान्टिक प्रेमिल शव्दभावहरुमा सृङगारिएको ब्रबिम सेर्मा ‘चेसुङ’को संगीत रहेको लिम्बू गीत ‘हिल्लिङ् हिल्लिङ्’ को लिप्सिङ भिडियो ओरिजिन नेपाल युटयूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको, टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ गरेका हुन् ।

मेला बजार र मेखिमको भावहरुमा रहेर शव्द सृजना गरिएको गीतको भिडियोको छायाँकन तथा सम्पादन भने इसाक जवेगुले गरेका हुन् ।

भिडियो हेर्नुहोस :


सम्बन्धित खवर