सुजन र मेलिनाको आवाजमा ‘दशैं तिहार’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुजन र मेलिनाको आवाजमा ‘दशैं तिहार’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार सुजन तिगेला लिम्बू र चर्चित गायिका मेलिना राईको सुमधुर आवाजमा सजिएको गीत ‘दशैं तिहार’ भिडियो युट्यूवबाट भर्खरै(सोमबार) सार्वजनिक गरिएको छ ।

लोकप्रिय निर्देशक मिलन चाम्स(मिलन चाम्लिङ राई)ले निर्देशन गरेको ‘दशैं तिहार’ गायक सुजन तिगेला लिम्बूको अफिसिय युट्यूव च्यानलबाट भर्खरै(सोमबार) सार्वजनिक गरिएको हो ।

आर्यन सिग्देल, सुजन तिगेला लिम्बू, आँचल शर्मा, रेविका गुरुङर क्षितिज सुबेदीको अभिनय रहेको भिडियोलाई सुदिप वरालले छायाँकन गरेका हुन् ।

आइतरानी फाउन्डेसनको प्रस्तुति रहेको भिडियोमा निलम पौड्यलको मेकअप, मधु राजभन्डारीको हेयर डिजाईन रहेको छ । यसैगरि सन्तोष लामाको कला निर्देशन तथा गिरिराज घिमिरेको सहायक निर्देशन रहेको छ ।

भिडियोमा बसन्त गर्तिमगरको भिएफएक्स रहेको छ भने जुनिम गहतराजले कलरिङ गरेका हुन् । यसरीनै सन्देश साहाको सम्पादन रहेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

गायक सुजन तिगेला लिम्बूकै शव्द तथा संगीत रहेको गीतलाई उदय राज पौड्यलले संगीत संयोजन गरेका हुन् । ए प्लस स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई साजन साहाले रेकर्डिङ गरेका हुन् भने किसोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस्


सम्बन्धित खवर