प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् विस्तार : अर्थमा पौडेल, सञ्चारमा गुरुङ (सूचीसहित) - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् विस्तार : अर्थमा पौडेल, सञ्चारमा गुरुङ (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री ओलीले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन् ।

यो संगै रिक्त रहेको अर्थमन्त्रीमा नेकपा महासचिव विष्णु पौडेल नियुक्त भएका छन् । यसैगरि नेता कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्री नियुक्त भएका छन् ।

यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रहेका पार्वत गुरुङ भने सञ्चारमन्त्री बनेका छन् । यसैगरि महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री लिलाराज श्रेष्ठ बन्न सफल भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएका छन् । तीनजना नयाँ मन्त्री थप्ने क्रममा प्रधानमन्त्री ओलीले पोखरेललाई रक्षाबाट हटाएका हुन् ।

पोखरेललाई रक्षाबाट हटाएर उक्त मन्त्रालय ओली आफैंले लिएका छन् । ओलीले मन्त्रिपरिषद् पुनर्गठनका क्रममा रिक्त रहेका तीनवटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त गरेका हुन् ।

तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त गरेकी छन् । मन्त्रीहरु नियुक्त गर्नुअघि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा बुधबार साढे दुई घण्टा लामो छलफल गरेका थिए ।

सम्बन्धित खवर