फाती र हालाण्ड यूईएफए गोल्डेन बोई अवार्डको मनोनयनमा - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाती र हालाण्ड यूईएफए गोल्डेन बोई अवार्डको मनोनयनमा

एजेन्सी । यूईएफएले युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने यूईएफए गोल्डेन बोई अवार्डका लागि खेलाडीको सूची सार्वजनिक गरेको छ ।

बिहीबार यूईएफए गोल्डेन बोई अवार्डका लागि यूईएफएले युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने २० युवा खेलाडीको सूची सार्वजनिक गरेको हो ।

यूईएफएले सार्वजनिक गरेको सूचीमा बार्सिलोनाका अन्सु फाती, बोरुसिया डर्टमण्डका अर्लिङ हालाण्ड, डर्टमण्डको जाडोन सान्चो, म्यानचेस्टर युनाईटेडका मासन ग्रीनउड, म्यानचेस्टर सिटीका फिल फोडेन, सिटीकै फेरान टोरेस, आर्सनलका बुकायो साका रहेका छन् ।

यसैगरि उल्भ्सका फाबियो सिल्भा, रियल मड्रिडका रोड्रिगो, रियलकिया भिनिसियस जुनियर, बार्सिलोनाका सेर्जिनो डेस्ट, रेनसका इडुवार्डो, पीएसजीका मिचेल बाकर, लिलका जोनाथन डेभिड, बायर्न म्युनिखका अल्फान्सो डेभिस, अयाक्सका रायन ग्राभेनबेर्च, चेल्सीका कलुम हड्सन ओडोई र साल्जबर्गका डोमिनिक रहेका छन् ।

अवार्डका लागि मनोनित सबै खेलाडी २१ वर्ष मुनिका हुन् । यस पटक डर्टमण्डका हालाण्डलाई मुख्य दाबेदार मानिएको छ । यस्तै च्याम्पियन्स लिग विजेता बायर्नका डेभिस र बार्सिलोनाका फातीलाई समेत मुख्य दाबेदार मानिएको छ ।

गत वर्षको विजेता एट्लेटिको मड्रिडका जोआ फेलिक्स भने मनोनयनमा परेका छैनन् । यस अवार्ड यस अघि वायन रुनी, पाउल पोग्बा, रहिम स्ट्रर्लिङ, मारियो बलाटेली, इस्को, एन्थोनी मार्सियल, म्याथिस डी लिग्ट, केलियन एमबाप्पेले जितिसकेका छन् ।

सम्बन्धित खवर