
- सन्जित फलना
पर
महागुरु फाल्गुनन्दको सालिक पुज्दै
बसेको छ फाल्गुनन्द चौक
वर
यलम्बर राजाको सालिकलाई रुङ्दै
बसेको छ यलम्बर चौक
यि दूईटा चौकहरुको बिचमा
एउटा अर्को चौक छ
फुटानि चौक
सधैँ ब्यस्त हुने फुटानि चौकमा
एकाबिहानै हस्याङफस्याङ गर्दै सबैजना भेला हुनु छ
र तातो–तातो चिया पिउँदै
एक अर्कासगं फुटानि लगाउनु छ…..
चिया पसलको रेडियोबाट बजेको समाचार सुनेर
या टेबलमा लडेको दैनिक पत्रिकाको खबर हेरेर
सुरु हुन्छ उनिहरुको गफ
सुरु हुन्छ उनिहरुको फुटानि….
देश, बिकास, बेथितिको
समाज, अर्थ, राजनितिको
फुटानि त
रक्सिले मात्दै गएपछि लाउनुपर्ने हो
कि त
जाँडले मात्दै गएपछि लाउनुपर्ने हो
तर ठिक उल्टो यो फुटानि चौकमा
चियाले मात्दै गएपछि बढ्छ उनिहरुको फुटानि
यहिँ चिया पसलको टेबलमा बसेर उनिहरु
बन्छन बि.पि.
बन्छन मदन र कम्रेड प्रचण्ड
यहिँ चिया पसलमा बसेर
बक्छन उनिहरु संविधानको धारा
कुर्सि, दल र पार्टिको नारा
चिया पिँउदापिउदै
यतिसम्म बढ्छ कि उनिहरुको फुटानि
कि उनिहरु यहिँ बसेर मिलाउन सक्छ देशको सरकार
यहिँ बसेर दिलाउन सक्छ बेरोजगारलाई रोजगार
फुटानि लाउँदा लाउँदै
जब पच्दैन चिया र गफ
उनिहरु
घरि थुक्छ पिच्च….
घरि हाँस्छ ङिच्च….
र जब पर्छ साँझ
समय डल्लै छुटेजस्तो
हतास उठ्छन उनिहरु टेबलबाट
र अर्कालाइ मिलाउन लाएर बिल
निस्कन्छन आ–आफ्नो घरतिर
जे होस
यस्तो महामारीको बेला
निक्कै ब्यस्त छ अरु चोकभन्दा
फुटानि चौक ।
माङसेबुङ