नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय नाघ्यो - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरि थप २१ जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोना भाईरस(कोभिड–१९)बाट मृत्यु हुनेको संख्या ७ सय नाघेको छ । नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २१ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप ४ हजार ३ सय ९२ जनासहित देशभर संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ८८ हजार ४० जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर