
- आन्छुमे नसान
माङसेबुङ । पछिल्लो समय क्यामरा समाउदा समाउदै क्यामरा संगै निर्देशनमा समेत छाईरहेका छायाँकार तथा निर्देशक भुपेन्द्र तुम्वाहाङफेको निर्देशनमा गायिका सुमिता राईको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘बाचा बन्धन’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।
गीतकार मुकेश राईको शव्द सृजनामा संगीतकार मान थुलुङ राईको संगीत रहेको भिडियो गायिका सुमिता राईको अफिसियल युट्यूवच्यानलबाट सार्वजनिक गरिएको हो ।
विश्व लिम्बू, मलाइका बस्नेत र सुजता थुलुङ राईको जिवन्त अभिनय रहेको भिडियोको छायाँकन भुपेन्द्र तुम्बाहाङफेले गरेका हुन् ।

थैली इन्टरटेन्टमेन्टको प्रस्तुतिमा विमला तामाङको मेकअप, टप सप काठमाडौंको पहिरनमा तयार गरिएको भिडियोमा अनिल रानाले सम्पादन गरेका छन् ।
एल्वम ‘सगुन’मा समावेस गरिएको हरि लम्सालको संगीत संयोजन रहेको गीतलाई एकाष्टिक स्टुडियोमा अजय सिंह कार्कीले रेकर्डिङ गरेका हुन् ।
साथ रहुन्जेल शंकालु नजरले हेरेको प्रेमीको दिर्घ रोगका कारण मृत्यू भए पश्चात पुराना यादहरुमा छटपटिएका प्रेमिकाको पिडाहरु आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोलाई खरुन राईले प्रस्तुत गरेका हुन् ।
भिडियो हेर्नुहोस :