अनिल र सुनिताको ‘भईयोनी पुरानो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अनिल र सुनिताको ‘भईयोनी पुरानो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक गितकार तथा संगीतकार अनिल कोई राई र गायिका सुनिता थेगिम लिम्बूको सुमधुर आवाजमा सजिएको बिल्कुलै फरक शैलीको टिपिकल पुर्वेली लोक गीत ‘भईयोनी पुरानो’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

विल्सन विक्रम राईको निर्देशनमा कविता आले, विल्सन विक्रम राई, एलिसा राई, बिसाल योङहाङ र हरि अधिकारीद्धारा अभिनित किरात राई संस्कृतिमा आधारित ‘भईयोनी पुरानो’ भिडियो तक्मेबुढा डट कम युट्यूव च्यानलबाट बाट सार्वजनिक गरिएको हो ।

गायक गितकार तथा संगीतकार अनिल कोई राईको शव्द तथा संगीतमा सजिएको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् ।

द हाईलेण्ड आर्ट फेसन डिजाईनर एण्ड ट्रेनिङ सेन्टर कल्पना योङहाङको ड्रेस डिाजाईनमा अनिता ग्वाच्छाको मेकअप र मनोज कार्कीको सम्पादन तथा कलरिङमा तयार गरिएको भिडियोमा दूई पुस्ता विचको प्रेम र मौलिक संस्कृति प्रतिको मोहलाई प्रस्तुत गरिएको छ ।

राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ रहेको गीतलाई भने स्टुडियो किङ्गमा रेकर्डिङ गरिएको हो ।

भिडियो हेर्नुहोस :


सम्बन्धित खवर