सुमन र गंगाको स्वरमा पाःलाम ‘आनी याक्थुङबा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुमन र गंगाको स्वरमा पाःलाम ‘आनी याक्थुङबा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । अन्तर्राष्ट्रिय अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० मा परेर सेहोनाम्लाङ अवार्ड प्राप्त गर्ने गायक सुमन लिम्बू र फक्ताङलुङ आइडल सेकफुङ–२ का उप विजेता गंगा फियाक लिम्बूको स्वरमा रेकर्ड भएको पाःलाम ‘आनी याक्थुङबा’ भिडियो सार्वजनिक गरिएकोे छ ।

निर्देशक लोकेन साँवा लिम्बूको निर्देशन रहेको पाःलाम ‘आनी याक्थुङबा’ सोमबार अनामनगरस्थीत नयाँ अनलाइनको कार्यालयबाट फेसबुक लाइभ गरी साथै तमर फिल्मस युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सार्वजनिक कार्यक्रममा गायकगायिका सुमन लिम्बू, गंगा फियाक, कलाकारहरू रुद्र पाहिम, लक्ष्मी योङहाङ, दिवस पयाङ्गु, निर्देशक लोकेन साँवा लिम्बू, याक्थुङ मुनचइत चोक सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, किरात याक्थुङ चुम्लुङ हङकङका सदस्य कुन्सा यक्पाङ्देनको उपस्थितिमा सार्वजनिक गरिएको थियो ।

नेम खापुङको शव्दभावहरूमा अशोक लोहरूङ राईको संगीत संयोजन र सुमन लिम्बूले लय संकलन गरेको पाःलाममा सुमनको साथमा गंगा फियाक, सिर्जना जबेगु, भीमसागर लिम्बू, दिवस पयाङ्गु, रोजिना थेगिम लगायतले आवाज भरेका छन् ।

भिडियोमा रुद्र पाहिम र लक्ष्मी योङहाङको साथमा गंगा तुम्बाहाम्फे, रत्ना लावती, सिर्जना जबेगु, थोक्फेला लिङ्देन, प्रकाश तुम्बाहाङफे, दिवस पयाङगु, सुमन लिम्बू, प्रेसा वनेम, अनुरागी राई, दिलिप पाहिम, भीमराज पाहिम, भीमसागर लिम्बू गगा फियाक, मनु थक्लुङ, पुष्पा लिम्बू खेवालगायतले अभिनय गरेका छन् ।

रिना लिम्बूको मेकअप र द हाइलेण्ड आर्ट, थोकफेला गार्मेन्ट र पाहिम समाजको ड्रेसमा तयार भएको भिडियोको छायाँकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर