पाःलाम ‘सेम्फुङ नु तुम्फुङ’ सुनिता र इन्द्रसुशिलको स्वरमा सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाःलाम ‘सेम्फुङ नु तुम्फुङ’ सुनिता र इन्द्रसुशिलको स्वरमा सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका सुनिता थेगिम लिम्बू र गायक इन्द्रसुशिल चोङबाङ लिम्बूको आवाजमा सजिएको पाःलाम ‘सेम्फुङ नु तुम्फुङ’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गायक गीतकार तथा संगीतकार राजु आङदेम्बे लिम्बूको शव्द तथा लय संकलन रहेको पाःलाम ‘सेम्फुङ नु तुम्फुङ’ भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सुमन खापुङको निर्देशन रहेको लिम्बू संस्कृतिमा आधारित पाःलाम सम्लोको भिडियोमा चुनु तुम्बाहाङफे र सेर कुमार तिलिङ चोङबाङको साथमा दिब्य आङ्ला लिम्बू, कला आङ्ला लिम्बू, हाङ्मा आङ्ला लिम्बू, कृष्ण आङ्ला लिम्बू, मनिसा आङ्ला लिम्बू, गङ्गा आङ्ला लिम्बू, रोहित आङ्ला लिम्बू, दिपेस आङ्ला लिम्बू, खड्क आङ्ला लिम्बू, प्रबिण आङ्ला लिम्बू र निरबिक्रम आङ्ला लिम्बूले अभिनय गरेका छन् ।

ओख्रे सक्रिय केलाङ समूह छथर जोरपाटी गाउपालिका तेलिया ओख्रे धनकुटाको केलाङ प्रस्तुति रहेको भिडियोको छायाँकन तथा सम्पादन सेरकुमार साम्पाङ राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर