रोमान्सले भरिएको ‘याक्थुङमा कान्छी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रोमान्सले भरिएको ‘याक्थुङमा कान्छी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक अंकित बाबु अधिकारी र गायिका सुनिता थेगिम लिम्बूको सुमधुर स्वरमा सजिएको रोमान्सले भरिएको गीत ‘याक्थुङमा कान्छी’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार नवीन चौहानको शव्दभावहरुमा गायक अंकित बाबु अधिकारीकै संगीत रहेको गीत ‘याक्थुङमा कान्छी’ भिडियो अर्टमान्डु युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

याक्थुङमा र पिनिवाको अन्तरजातिय प्रेम र पाःलाम हाक्पारे याक्थुङ कला र संस्कृतिको समेत झल्को दिलाउने रोमान्टिक तवरले प्रस्तुत गरिएको भिडियोमा मिलन खत्री र प्रिया लिम्बूले अभिनय गरेका छन् ।

बाल गायक गायिकाहरु सन्झना सोरी, निसु शर्मा, अरुण श्रेष्ठ र अद्रिश्री कस्पालको समेत आवज रहेको भिडियोमा बाल कलाकारहरु आशा बिक र अनुप बिकले समेत अभिनय गरेका छन् ।

बिबेक रसाइलीको परिकल्पना तथा निर्देशन रहेको भिडियो छायाँकन रविन्द्र न्योपाने, कलर उज्वल जोशी र सम्पादन तकतुक छिरिङ भोटेले गरेका हुन् ।

मनिकुमार राईको कोरियोग्राफी, सुर्यमान लिम्बू र जेनी सुनुवारको कला निर्देशनमा तया गरिएको भिडियोमा रुसाली गिरीको मेकअपरहेको छ भने रिजन थापा र शिसिर तामाङको सहायक निर्देशन रहेको छ ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर