आईपीएल : प्ले अफको खेल तालिका सार्वजनिक - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : प्ले अफको खेल तालिका सार्वजनिक

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको प्ले अफको खेल तालिका सार्वजनिक भएको छ । आईपीएलले प्ले अफको खेल तालिका सार्वजनिक गरेको हो ।

आइतबार सार्वजनिक भएको आईपीएलको प्ले अफ तालिका अनुसार पहिलो क्वालिफायर नोभेम्बर ५ मा दुबईमा हुनेछ । पहिलो क्वालिफायरमा लिग चरणमा पहिलो र दोस्रो हुने टिम भिड्ने छन् ।

पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ ।

लिगको तेस्रो र चौंथो हुने टिमबीचको इलिमिनेटर नोभेम्बर ६ मा अबुधाबीमा हुनेछ । इलिमिनेटरको विजेता टिमले दोस्रो क्वालिफायर खेल खेल्ने छ । दोस्रो क्वालिफायर नोभेम्बर ८ मा अबुधाबीमा हुनेछ ।

दोस्रो क्वालिफायरमा जित निकाल्ने टिमले फाइनलमा स्थान बनाउने छन् । आईपीएलको फाइनल खेल दुबईमा नोभेम्बर १० मा हुनेछ ।

सम्बन्धित खवर