सागर केरुङको निर्देशनमा ‘युप्पारुङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सागर केरुङको निर्देशनमा ‘युप्पारुङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । निर्देशक, कलाकार तथा लेखक सागर केरुङको निर्देशनमा लिम्बू संस्कृतिमा आधारित गित ‘युप्पारुङ’ म्यूजिक भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार तथा संगीतकार प्रेम पन्धाकको शब्द तथा संगीतमा सजिएको गायिका सुनिता सुब्बा र गायक किरन एक्तेनको स्वर रहेको सुमधुर लिम्बू संस्कृतिमा आधारित भाषिक गित ‘युप्पारुङ’ म्यूजिक भिडियो मिडिया कनेक्सन युट्यूव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

समाजसेवी चन्द्रकला साँवाले निर्माण गरेको भिडियोमा अमृता जबेगु, आदर्श आङ्देम्बे, रामचन्द्र नेम्बाङ, नोगेन हाङ्सरुम्बा, मनेन्द्र केरुङ, मनकुमार केरुङ, लक्ष्मण तामाङ, धनकुमारी योङ्हाङ लावती, बिक्रम राई, नरबहादुर लावती लगायतले अभिनय गरेका छन् ।

पान्थरको नाम्फुन्यक(लब्रेकुटी), तिलिजङ(सिलाउटी), थाक्के माङहिम(थाक्ले मन्दिर), सुम्हा?लुङ, साधुटार, मिलुङ झरना लगायतका ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको भिडियोलाई सञ्जय आचार्यले छायाँकन तथा सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर