‘आउन माया’ भिडियो सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘आउन माया’ भिडियो सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । एक पछि अर्को भिडियो निर्देशन गर्न व्यस्त रहेका साँस्कृतिक मुलक कथा बुन्न माहिर निर्देशक किरण चाम्लिङ राईको निर्देशनमा ‘आउन माया’ बोलको म्युजिक भिडियो युटयूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार तथा संगीतकार हरि लम्सालको शव्द तथा संगीतमा सजिएको गीत ‘आउन माया’ बोलको म्युजिक भिडियो शनिबार टुवेल्भ नोट्स युटयूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

हरि लम्सालकै संगीत संयोजन रहेको गीतलाई गायक सुमन राई र गायिका मेलिना राईले स्वर दिएका छन् ।

एकास्टिक नेपालमा राजाबाबु चौधरीले रेकर्डिङ गरेको गीतलाई चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

कलाकार दयाहाङ राई र मोडल बिमला खजुमले प्रेमी जोडीको रुपमा दमदार अभिनय गरेको भिडियोलाई भुपेन्द्र तुम्बाहाङ्फेले छायाँकन गरेका हुन् ।

सोम मगरातीको मेकअप तथा सुमन तामाङको ड्रोन छायाँकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर