मण्डल र सिर्जना अभिनित ‘बिहानीको झुल्के घाम झैं’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मण्डल र सिर्जना अभिनित ‘बिहानीको झुल्के घाम झैं’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । मण्डल थुपुको थेबे र सिर्जना निङ्लेकुको दमदार अभिनय रहेको भिडियो ‘बिहानीको झुल्के घाम झैं’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

स्वरुपराज आचार्य र दीपा लामाको सुमधुर स्वरमा रहेको गीत ‘बिहानीको झुल्के घाम झैं’ म्युजिक भिडिया रामशोभा राई अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सुल्तान फिल्म्स प्रोडक्सन युकेको प्रस्तुतिमा रामशोभा राईको निर्माणमा बनेको भिडियोलाई सुल्तान इधिङगो लिम्बूले छायाँकन, सम्पादन तथा निर्देशन गरेका हुन् ।

शिव राई, प्रकाश राई, दिनेश गर्वुजा, राजन गुरुङ, सुरज गुवाजु, पवन काम्बाङ, पविन्द्र राईको समेत अभिनय रहेको, लाहुरे जीवनको कथाव्यथालाई समेटिएको भिडियोमा भरत लोहरुङ राईको शव्दरचना तथा डीआर अटुको संगीत रहेको छ ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर