समाजबादीका नेता गजेन्द्र इस्बोको कोरोना संक्रमणबाट निधन - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

समाजबादीका नेता गजेन्द्र इस्बोको कोरोना संक्रमणबाट निधन

धरान । जनता समाजवादी पार्टीका नेता तथा समाजसेवी गजेन्द्र इस्बोको कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट निधन भएको छ ।

धरानको विकासमा सक्रिय गोर्खा सैनिकहरूको अधिकारका लागि अग्रमोर्चामा रहँदै आएका नेता इस्बोको विराटनगरस्थित न्युरो अस्पतालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट आज बिहान ४ बजे निधन भएको हो ।

केही दिनअघि कोरोना संक्रमण देखिएपछि उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो । उनकोे उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतल जनाएको छ ।

धरानको विकास र समाज परिवर्तनका अभियन्ता इस्बो पछिल्लो समय जनता समाजबादी पार्टीबाट धरानको स्थानीय निर्वाचनमा मेयरको उम्मेदवार पनि थिए ।

भूतपूर्व ब्रिटिश गोर्खा सैनिक सघंका पूर्वअध्यक्ष समेत रहेका इस्वो, किरात याक्थुङ चुम्लुङका पूर्वकेन्द्रीय सचिव र हाल केन्द्रीय सल्लाहकार पनि हुन् ।

सम्बन्धित खवर