दिनेशको निर्देशनमा आसाको ‘तिहारको दिन आयो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा आसाको ‘तिहारको दिन आयो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । निर्देशक दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा गायिका तथा मोडल आसा सुहाङ लिम्बूको आवाजमा नेपालीहरुको महान चाड तिहारको झल्को दिलाउने सुमधुर गीत ‘तिहारको दिन आयो’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गायिका आसा सुहाङ लिम्बूको शव्दभाहरुमा आसाकै निर्माण रहेको भिडियो ‘तिहारको दिन आयो’ ओरिजिन नेपाल युट्यूवच्यानलबाट सार्वजनिक गरिएको हो ।

एलिसा राई, काउली बुढी(सन्ध्या बुढा) र आसा सुहाङ लिम्बूको अभिनय रहेको भिडियोमा बाल कलाकारहरु आदित्य लिङदेन लिम्बू, निश्चल सुहाङ लिम्बू र स्माइल सुहाङ लिम्बूको समेत अभिनय रहेको छ ।

दिप घतानीको संगीत, रेकर्डिङ, मिक्सिङ र मास्टरिङ रहेको गीतको संगीत संयोजन भने टेकेन्द्र यक्सो लिम्बूले गरेका हुन् ।

बुद्ध थापा(नेपाल) र इन्द्रावती क्रिएशन(यु.ए.सए.) को छायाँकन रहेको भिडियोमा मेकअप समरा लामा र सम्पादन तथा कलर बिकास धमलाले गरेका हुन् ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर