लघु चलचित्र खोःसाको छायाङ्कन सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लघु चलचित्र खोःसाको छायाङ्कन सम्पन्न


केराबारी । सुदुर पूर्वी नेपालको हिमाली भूभागमा बस्ने समुदायहरुमा ब्यप्त सामाजिक विसंगतीलाई चित्रण गरिएको सामाजिक यथार्थ कथामा आधारित लघु चलचित्र खोःसाको छायाङ्कन भर्खरै सम्पन्न भएको छ ।

करिव १५ दिन लगाएर छायाँङ्कन गरिएको चलचित्र खोःसाको कथा लेखन तथा सम्पादन कबिन तुम्बापो लिम्बू गरेका छन् ।

राजेश किराँती लिम्बूको छायाङकन तथा निर्देशन रहेको उक्त चलचित्रमा सरगम खजुम, आशा थेगिम, श्रीमान खजुम, ममता थेगिम, जया तुम्बापो, सन्देश तुम्बापो, सपना खजुम, दिना तुम्सा, भक्त तुम्बापो, कृष्ण खजुम, बल ब. तुम्सा, सेसे तुम्बापो, शम्भु चेम्जोङ, पूर्ण चेम्जोङ, रामध्वज तुम्सा लगायतका कलाकारहरुको अभिनय हेर्न सकिने छ ।

कमला तुम्बापो र मिक्फुङ माङ्युङले निर्माण गरेका खोःसा लघु चलचित्रले स्थानीय गाँउले जनजीवन र बिकटताले सृजना गरेको परिस्थीतिलाई देखाउने प्रयास गरेको छ । गाउँमा बोलिने ठेट भाषा, रहनसहन र जीवन शैलीलाई चित्रण गरिएको छ ।

सम्पादन कार्य धमाधम भइरहेको यस फिल्मको ट्रेलर मिम्जिफुङ प्रेजेन्ट युट्युव च्यानल मार्फत चाडै सार्वजनिक गरिने निर्देशक किराँतीले जानकारी गराए ।

सम्बन्धित खवर