पुर्वेली गीत ‘एकबारको जोभन’ सुनिताको कम्पोजमा सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्वेली गीत ‘एकबारको जोभन’ सुनिताको कम्पोजमा सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय लोकप्रिय गायिकाको रुपमा छवि बनाएकि गायिका सुनिता थेगिम लिम्बुको म्यूजिक कम्पोजमा पुर्वेली लोक भाकाको सुमधुर गीत ‘एकबारको जोभन’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार हर्कबहादुर याक्थुङबा योङहाङको शव्दभावहरुमा चर्चित गायक राजेश पायल रई संगै सुनिता थेगिमकै आवाजमा सजिएको पुर्वेली गीत ‘एकबारको जोभन’ सुनिता थेगिम अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएकोे गीतलाई मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

फामाहिम र फुङमहिमको पहिरनमा राजेश र सुनितालाई सुन्दर देखाईएको भिडियोको छायाँकन तथा सम्पादन मनोज राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=xUVdgjNFkoo


सम्बन्धित खवर